नेपालि कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पोडेलले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएर जनतालाइ राहत दिएको बतएका छन् ।पौडेलले सामाजिक सञ्जालमा लेख्दै सरकाले पेट्रोलियम पदार्थको मूल्य घटाएर मूल्यवृद्धिको श्रृंखला नियन्त्रण र सरकारको उपस्थितिको बोध गराएको बतएका हुन् ।
उनले पेट्रोलियम पदार्थको मूल्य घटेर मात्रै उर्जाको दिर्घकालिन समस्याको समाधान नहुने पनि सुझाब दिएका छन् ।नेता पोडेलले यथासक्य छिटो आयातित पेट्रोलियम पदार्थको सट्टा बिध्युत लगायतका वैकल्पिक उर्जालाई व्यावहारिक रुपमा लागु गराउन पनि सरकारसँग माग गरेका छन् ।
उनले लेखेका छन,”पेट्रोलियम पदार्थको मूल्य घट्नुले मूल्यवृद्धिको श्रृंखला नियन्त्रण र सरकारको उपस्थितिको बोध गरायो तर पेट्रोलियम पदार्थको मूल्य घट्नु उर्जाको दिर्घकालिन समस्याको समाधान होइन,हामीले यथासक्य छिटो आयातित पेट्रोलियम पदार्थको सट्टा विकल्पलाई व्यावहारिक रुपमा लागु गर्न सक्नुपर्छ ।”
केहि दिन अघिमात्रै आयल निगमले मुल्य समायोजन गर्न भन्दै भारी मुल्यबृद्दी गरेपछी सरकारले कर घटाएर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य कम मुल्य तोकेको छ ।








