जसपाले पनि मन्त्री फिर्ता बोलाउने, उपप्रधानमन्त्री पाए आफै सरकारमा जाने उपेन्द्र यादवको तयारि



जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जसपाकम अध्यक्ष उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगेपछिउनले सोमबार अबेर राति कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी चारै जना मन्त्री फिर्ता बोलाउने निर्णय लिएको बताइएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन्।

उपप्रधानमन्त्री पाए अध्यक्ष यादव आफै सरकारमा जाने तयारीमा रहेको जसपाका एक नेताले बताएका छन् । उनले सोमबार बिहान प्रचण्डसँग भेटेर आफु उपप्रधानमन्त्रीसहित नयाँ मन्त्री फेर्न लबिङ थालिसकेका छन । ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ८ : ४२ बजे