माओवादी केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा सुरु



नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

आइतबारदेखिकोकेन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ ।

गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु भएको हो ।

माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रकाशित मिति : असार १९, २०७९ आइतबार  १२ : ४३ बजे