डा. शेखर कोइरालाले भेटे नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष



नेपाली कांग्रेसका बरिष्ठ  नेता डा. शेखर कोइरालाले नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष र युनियनसँग आबद्द सिनियर पत्रकारहरुसँग भेटघाट छलफल गरेका छन् ।

मंगलबार भएको भेटघाटमा नेपाल प्रेस युनियनको आसन्न केन्द्रीय महाधिवेशनबारे छलफल भएको डा. कोइरालाको सचिबालयले जनाएको छ ।

छलफलमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे,जीवन परियार, केन्द्रीय सदस्य सञ्जय गौतम र पत्रकारहरु तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोखरेल, कविर राणा, विपुल पोखरेल, पोषण केसी लगायत सहभागी थिए।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  १२ : १४ बजे