रोल्पा प्रदेश सभा (क) बाट मनोजमणि आचार्य सिफारिस



नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्य रोल्पा प्रदेश सभा (क) सदस्यका लागि सिफारिस भएका छन ।

कांग्रेसको शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले आचार्यलाई रोल्पा प्रदेश सभा (क) सदस्यका लागि सिफारिस गरेको हो ।


उक्त क्षेत्रमा प्रत्यक्षतर्फ मनोजमणि आचार्यसहित मानबहादुर खत्री, दुर्गाबहादुर खड्का, चन्द्र प्रकाश आचार्य, भिमकला बुढाथोकी, पुष्पा श्रेष्ठ र नुर्ज बहादुर खड्का सिफारिस भएका छन् ।

तेस्तै प्रदेश सभा ‘ख’ प्रत्यक्षमा अमरसिंह पुनको मात्रै नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ गोपाल घर्ती र रती कामीको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षमा पनि अमरसिंह पुन तेसैगरी टेकबहादुर बस्नेत र शब्कबहादुर छन्त्यालको सिफारिस गरिएको छ भने समानुपातिक तर्फ सुरेन्द्र हमाल र भिमकुमारी बुढामगरको नाम सिफारिस गरिएको छ

प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार  २ : ५८ बजे