बेनी–दरवाङ सडकखण्डको १० मीटर सडक पहिरोले बगायो



बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ ।

पहिरोका कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी सिंगेतातोपानीले जनाएको छ ।

निरन्तरको बर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ४ : ११ बजे