पत्रकार रोकायामाथि दुर्व्यवहार



कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । जिल्ला कृषि विकास कार्यालय भएको माटो परीक्षणको समाचार स‌ंकलनका लागि पुगेका न्युज कारखानाका मुगु संवाददाता खड्ग सुनार र हिमालय टेलिभिजन तथा सौर्य दैनिक पत्रिकाका मुगु संवाददाता नन्दबहादुर रोकायालाई कार्यालय प्रमुख शाहीले पत्रकार रोकायामाथि दुर्व्यवहार गरेका हुन् ।

आइतबार बिहान ११ स् ४५ बजे माटो परीक्षणको रिपोर्टिङमा पुगेका उनीहरुलाई प्रयोगशालाको भिडियो र तस्बिर लिएपछि यसबारे थप जानकारी लिन दिउँसो अन्तर्वार्ताका लागि आउन भन्दै पठाएका शाहीले पछि आउँदा आफू दुर्व्यवहार गरेका पत्रकार सुनारले जानकारी दिए ।

माटो प्रयोगशाला प्रयोगविहीन रहेकोबारे प्रश्न गर्दा शाहीले पत्रकारलाई दुर्व्यवहार गर्दै माइकको बुम पनि फालिदिएका हुन् ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ४ : १९ बजे