काठमाडौं चैत, २३–
शनिबार बस्ने भनिएको नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ । बैठकले पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने भनिएको थियो भने त्यस बारेमा नेताहरु बिच छलफल र सहमती समेत जुटिसकेको बताइएको थियो तर शीर्ष नेताहरुबीच अझै बिस्तृत सहमति जुटाएर मात्रै केन्द्रिय कार्य सम्पादन समिति गठन गर्नका लागी बैठक स्थगित गरिएको पार्टी कार्यलयले जनाएको छ ।
शिर्शा नेताहरुको थप छलफल र सहमती पछी अर्को बैठकको मिती सार्बजनिक गरिने पार्टी कार्यलका सुचना अधिकारी केशब रिजालले न्यू सञ्चारलाई बताए ।
काँग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । ति बिभागहरु पनि सहमतिमै गठन गर्नका लागि थप छलफलको आवाश्यकाता परेकोले बैठक स्थिगत गरिएको बताइएको छ।
कार्य सम्पादन समिती र बिभागहरु समयमा गठन हुन नसकेको सभापती देउबा माथी आरोप लाग्ने गरेको छ । शभापती देउबाले पनि अब छिटै सबै बिभाग र समितीहरु गठन गर्ने तयारी अघी बढाएका छन ।










