काठमाडौं चैत, २८– नेपालका ठूला आयोजनाहरुमा बिचौलियाकै बोलवाला चल्दैआएको छ । मन्त्रीदेखि प्रधानमन्त्रीको बेडसम्म बीचौलियाहरुको पहुँच छ । १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स विनाप्रतिस्पर्धा बिचौलिया दीपक भट्टले लिएका छन् । चाइना गेजुवा कम्पनीले लाइसेन्स होल्डमात्र गर्ने गुनासोपछि यसअघिको शेरबहादुर देउवा सरकारले उक्त कम्पनीसँगको सम्झौता खारेज गरी नेपालले नै बनाउने निर्णय गरेको थियो ।…