काठमाडौं चैत, १७– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा…