प्रधानमन्त्री ओली मितव्ययिता अपनाउने भन्दै हिँड्ने, सरकारले राज्यको ढुकुटीबाट करोडौं रकम बाँड्ने

काठमाडौं माघ, १८– सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो । सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।…