काठमाडौँ । बडादशैँ एवं नवरात्रको दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा…