थारू समुदायले आज अटवारी पर्व मनाउँदै

घोडाघोडी– पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ। यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो। महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिए। अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ। नगरप्रमुख चौधरीका अनुसार…