बडादसैँ : आज ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै,देवी शक्तिपीठमा भक्तजनको घुँइचो

काठमाडौं । बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ । दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ…