लिङ्ग निर्माण गर्ने विज्ञान भित्री अनुभवबाट जन्मिएको विज्ञान हो, जुन हजारौँ वर्षदेखि रहिरहेको छ । तर, पछिल्लो ८र९ सय वर्षमा, विशेषगरी जब यहाँ भक्ति(आन्दोलनको लहर फैलियो, मन्दिर निर्माणको विज्ञान पखालियो । एक भक्तको लागि आफ्ना भावनाहरूबाहेक अरू केही पनि महत्त्वपूर्ण हुँदैन । उसको निम्ति भावना नै मार्ग हो । ऊ आफ्ना भावनाहरूको शक्तिले सबैथोक गर्न…