पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ। रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी…