संघीयता हटाउन संशोधन प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभामा पुगेको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबाट प्रदेशका सबै प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता भएको छ। जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रस्तावित विधेयकबाट प्रदेशका सबै प्रावधान हटाएर संघ र स्थानीय तहलाई मात्र समेट्न संशोधन दर्ता गराएकी छन्। विधेयकको नाम नै संशोधन गर्नुपर्ने उनको प्रस्ताव छ। सरकारद्वारा प्रस्तावित नामको साटो…