लक्ष्मीपूजाको साँझ देशभर १६ सय बढी मेगावाट बिजुली खपत, एक हजार बढी निर्यात

काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ, जसको मौलिकता नै घरघरमा दिपावली गर्नु, बत्तीहरूले सजाउनु र घर उज्यालो बनाउनु हो। दीपावली र बत्ती एकअर्काका परिपूरक भएकाले लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत्को मागमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा ९सोमबार० साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको…