शुक्रवार सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ४२ सय रुपैयाँले घटेर दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ६० रुपैयाँ बढेको छ ।…