काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको कोरला नाकाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन्। महासङ्घको गण्डकी प्रदेश समिति तथा सम्बन्धित जिल्ला उद्योग वाणिज्य सङ्घका नेतृत्वसँग सो नाकाको निरीक्षणपछि अध्यक्ष ढकालले भने, कालीगण्डकी करिडोर निर्माण पूरा भएपछि कोरला नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग…