काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।…