टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

काठमाडौँ, नेपाल – साउन ७, २०८२ – हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ । मेलाले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउने बताइएको छ। यस वर्षको मेलामा समाचार र स्टोरीटेलिंगको बदलिँदो संसारबारे छलफल गरिनेछ, जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन…