काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९२० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।