चिलिमेले ४५ मेगावाटको चुमचेत स्यार खोला आयोजना बनाउने

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यार खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। आयोजनाबाट बिजुली उत्पादन इजाजत (लाइसेन्स) का लागि चिलिमेले विद्युत विकास विभागमा निवेदन दिएको हो। विभागले चिलिमेलाई आयोजनाको लाइसेन्स दिन प्रक्रिया अघि बढाएको छ। कम्पनीले ३५ दिनपछि आयोजनाबाट बिजुली उत्पादन गर्न लाइसेन्स पाउनेछ। आयोजना नदीको प्रवाहमा आधारित (आरओआर) हो।…