अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका १० वटा दफा पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलवार पनि दफावार छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा भएको छलफलमा दफा १० देखि २० सम्मका व्यवस्थालाई पास गरेको हो । नेपाल सरकारका सचिवको अध्यक्षतामा बन्ने सञ्चालक समितिलाई अर्थसमितिले पास गरेको छ भने समितिमा रहने स्वतन्त्र विज्ञको योग्यतामाथि पनि समितिमा छलफल भएको…