काठमाडौं । एभरेष्ट बेैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो । विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबिच वित्तीय साक्षरता सन्देश दिन सफल भएको बैंकले जनाएको छ…