१० साउन, खजुरा (बाँके) । बाँकेको जमुनाह नाकाबाट एक वर्ष अवधिमा भारतबाट एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात गरिएको छ । २०८० साउनदेखि २०८१ असार मशान्तसम्म सो मूल्य बराबरको चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार…