काठमाडौं । (स्याङ्जा),स्याङ्जाको वालिङमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले ‘कृषि विकास परियोजना’ सञ्चालन गरिएको छ । वालिङका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनसँग जोड्दै गरिबी निवारण गर्ने उद्देश्यसहित परियोजनाको सुरुआत गरिएको हो । वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना गत वैशाख अन्तिम सातादेखि सुरु भएको हो ।…