काठमाडौ (मकवानपुर), १६ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताए । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गरे । तर उनले देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त भने नरहेको भन्दै यसका लागि घनिभूत छलफल आवश्यक रहेको पनि बताए ।…