रामेछाप । दशैँको बेलामा मासु खाएको मुखको स्वाद फेर्न वा शाकाहारीलाई स्वादिलो तरकारी खानेको लागि शैलुङमा फलेको काउली, बन्दा र गाँजर बजारमा आइपुगेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा शैलुङका किसान अहिले काउली, बन्दा र गाँजर बेच्न व्यस्त छन् । दशैँको लागि काठमाडौं लगायत बजार केन्द्रमा शैलुङका स्वादिला तरकारी पुर्याउन व्यापारीहरू किसानको बारीमा पुगेका…