आयल निगमले भन्यो – इन्धन र ग्यासको प्रयोग घटाऔं, भण्डारण नगरौं

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यास आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा थप सिलिन्डर भर्ने वा अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो । साथै ग्यासको सट्टा सम्भव भएसम्म बिजुलीको प्रयोग बढाउन पनि आग्रह गरिएको…