समस्याग्रस्त सहकारीका बचतकर्ता भन्छन् : आधामात्र बचत फिर्ता पायौँ

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताले रु ७५ लाख २८ हजार आठ सय २४ माग गरेका थिए । समितिले भने पाँच जनालाई मात्र रु १३ लाख २२ हजार तीन सय ८० दिइएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो…