रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कार्तिक तोकिएको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता…