सेयर बजार करिब ४५ अंकले घटेको छ । साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालो लागेको हो । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या…