सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ता समस्यामा परे : थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए । उनले प्रत्येक दिन लगानीकर्ताहरू बजारको विश्वसनीयता र स्थिरताको विषयमा भेट्न आउने गरेको बताए । विश्वव्यापी रुपमा सेयर बजारलाई अर्थतन्त्रको परिसुचक मान्ने गरिन्छ…