खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित लामिडाँडा विमानस्थल उपयोग विहीन बनेको छ । कालोपत्रे गरिएपछि ३ असार २०७६ मा सफल परीक्षण उडान भरिएको लामिडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडानको व्यवस्था गर्न नसकेको हो । खोटाङका तीन वटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कालोपत्रे भएको लामिडाँडा विमानस्थल परीक्षण उडानमै सीमित भएपछि स्थानीय निराश…