संसदीय समितिले काठमाडौँ–तराई मधेस दु्रतमार्ग ‘फास्ट ट्र्याक’ आयोजनालाई द्रुतरूपमा अघि बढाउने सन्दर्भमा सरोकारवाला मन्त्रालयलगायत सबैलाई आआफ्नो दायित्व पूरा गर्न निर्देश गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले द्रुतमार्ग निर्माण तोकिएको समयावधिभित्र पूरा गर्ने सिलसिलामा देखिएका चुनौती र समस्या हटाउन चाल्नुपर्ने कदमबारे सम्बन्धित मन्त्रालयका सचिवसगँको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो । समितिको…