प्रभु बैंकले “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र निष्काशन गर्ने जनाएको छ । बैंकले वार्षिक ८ ।५ प्रतिशत ब्याजदरमा प्रत्येक तीनतीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र मंगलबारदेखि निष्काशन गर्ने भएको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने…