नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो । एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ ।…