चोभारको होप्पी ल्यान्ड सञ्चालनमा

चोभारमा रहेको होप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको होप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । उक्त स्थान शनिबारदेखि क्षमताको २५ प्रतिशतका हिसाबले सञ्चालनमा आएको जनाइएको छ । एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन ।…