चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ…