नाट्टाको चुनाबमा नेकपा निकटलाई हराउदै कांग्रेसका गुरागाइ अध्यक्ष निर्बाचित

काठमाडौं - नेपाल एशोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा)को नयाँ नेतृत्वका लागी भएको निर्बाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार अच्युत गुरागाईं (नाट्टा)को नयाँ अध्यक्ष निर्वाचित भएका छन् । २ वर्षे कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा गुरागाइँले १५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ नेकपा निकट उम्मेदवार भीमप्रसाद उपाध्यायले १२६ मत प्राप्त गरेका थिए…