काठमाडौं - लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र ‘जिरो डिग्री’मार्फत चलचित्र निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस चलचित्रको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्। यसअघि भुसालले निर्देशन गरेको चलचित्र ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि…