पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम, द्वितय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ५१ हजार, रु ३१ हजार…