काठमाडौं । होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र अञ्जिलाुको अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् । अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको होस्टेल ३ तथा सँगै रिलिज हुने अन्य चलचित्रहरूका बाबजुद हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका…