काठमाडौं । बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत ूलामा खेन्नोू हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्। नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। गीतले बौद्धमार्गी आस्था, गुरु(शिष्यको निष्ठा र गुरुको महत्वलाई…