काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोना खोप लगाउन थाल्ने

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहकालाइ कोरोनाविरूद्ध खोप लगाउन थाल्ने भएको छ।चिनिया भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको र खोप लगाउन आउनेले उमेर खुल्ने परिचय पत्र बोकेर आउनुपर्ने महानगरले जनाएको छ। खोपको पहिलो मात्रा लगाएकालाई अहिले दोस्रो खोप नलगाइने र कोरोना संक्रमण भएका व्यक्तिले एक महिला पूरा भएपछि मात्रै खोप लगाउन पाउने…