कोरोना महामारीले शिथिल अवस्थामा पुगेका संक्रमितले जिल्लामै उपचार नपाएर छटपटाइरहेका अवस्थामा स्वास्थ्य मन्त्रालय भने अमुक राजनीतिक नेता कार्यकर्ताको दवावमा दैनिक निर्णय फेर्दै बसेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा ५ वेड आइसियु सहित २ भेन्टिलेटर खरिद गर्ने जेठ १६ को निर्णयलाई परिवर्तन गर्दै मन्त्रालयले ओखलढुंगा सामुदायिक अस्पतालको सट्टा जिल्ला अस्पताल रुम्जाटारको लागि निर्णय गरेको हो ।…