कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको जम्माअ संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी…