निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । छिमेकी देशहरूमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालमा यसको जोखिम न्यून भए पनि पूर्वतयारीका लागि देशभरका स्वास्थ्य संस्थालाई सतर्क गराएको जनाएको छ। मन्त्रालयले निपाह भाइरस परीक्षणका लागि आवश्यक ुएल्गोरिदमु समेत तयार पारेको…